चन्द्रागिरिको सेतोपहरामा कार दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो ।

दुर्घटनामा कार चालक डा.महेश कुमार गौतम, ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि उपचारको क्रममा मृत्यु भएको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here