बैंकहरूले घटाए निक्षेपको ब्याजदर, ग्लोबल आईएमईको ८.१० प्रतिशत

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरुले थप ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अहिले ६ खर्ब बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि राष्ट्र बैंकले दैनिक जसो तरलता खिचिरहेको छ । यस्तो अवस्थामा बैंकहरुले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

पुसको तुलनामा माघमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.८२४ प्रतिशत विन्दु र संस्थागततर्फ ०.७१५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । पुसमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ८.९९१ प्रतिशत रहेकोमा माघमा घटेर ८.१६७ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर पुसमा ६.८३८ प्रतिशत रहेकोमा माघमा ६.१२४ प्रतिशतमा झरेको छ ।

कृषि विकास बैंक, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, नबिल, नेपाल एसबीआई, एनआईसी एसिया, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले माघमा अधिकतम ७.२६ प्रतिशत, ग्लोबल आइएमई ८.१ प्रतिशत, हिमालयन ८.१५ प्रतिशत, कुमारीले ८.११ प्रतिशत, लक्ष्मी सनराइजले ८ प्रतिशत, नबिलले ८.१ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.२५ प्रतिशत, एनआईसी एसियाले ८.०६५ प्रतिशत, प्रभुले पनि ८.०६५ प्रतिशत, प्रइमले ८.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशत, सानिमाले ८.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ८.०७ प्रतिशत दिने भएका छन्।

पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले अधिकतम ९.०१२ प्रतिशत, ग्लोबल आइएमई ८.६ प्रतिशत, हिमालयन ८.६०३ प्रतिशत, कुमारीले ८.६ प्रतिशत, लक्ष्मी सनराइजले ९ प्रतिशत, नबिलले ८.६ प्रतिशत, नेपाल एसबीआई बैंकले ९.६ प्रतिशत, एनआईसी एसियाले ८.६७ प्रतिशत, प्रभुले ९ प्रतिशत, प्रइमले १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशत, सानिमाले ९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ८.५६ प्रतिशत दिने भएका छन्।

एभरेस्ट र एनएमबि बैंकले भने पुसकै ब्याजदरलाई निरन्तर दिने भएका छन्। पुसमा व्यक्तिगत मुद्दतिमा अधिकतम ८ प्रतिशत र एनएमबिले ९ प्रतिशत दिएका थिए। अब माघमा पनि यही ब्याजदर लागू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here