उच्च अंकले बढ्यो नेप्से, १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१.६२ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो ।

३१४ कम्पनीको ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँ बराबरको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ३५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २४ करोड र हाथवे इन्भेष्टमेन्ट ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज १२ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन पावर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी र माथिल्लो मैलुङखोलाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्व्री हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here