एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई ४-१ ले पराजित गर्दै रियलले सिजनको पहिलो उपाधि हासिल गरेको हो।
एल क्लासिकोमा ब्राजिलियन युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक पूरा गरेसँगै साविक विजेता बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियल च्याम्पियन बन्न सफल भएको हो ।
साउदी अरेबियाको अल अवाल पार्क किङ साउद युनिभर्सिटमा भिनिसियसले ह्याट्रिक पूरा गर्दा रोड्रिगोले एक गोल थपे भने बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।
जितसँगै रियलले १३ औं पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ। बार्सिलोनाभन्दा अब रियल १ उपाधि पछि छ। बार्सिलोनाले १४ सुपरकपको उपाधि जितेको थियो।
























