५ महिनामा बैंककाे नाफा साढे २८ अर्ब, नबिललाई पछ्याउँदै ग्लोबल

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्म २० वटा वाणिज्य बैंकले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक छ । नबिलले पाँच महिनामा दुई अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरको छ ।

नबिलले पाँच महिनामा दुई अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरको छ ।

त्यस्तै, बढी नाफा गर्ने दोस्रोमा ग्लोबल आईएमई बैंक लिमिटेड छ । यो बैंकले पनि मंसिर मसान्तसम्म दुई अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । मंसिरसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, प्राइम कमर्शियलले १ अर्ब ९२ करोड, एनआइसी एशिया १ अर्ब ८५ करोड, हिमालयन बैंक १ अर्ब ८० करोड, प्रभु बैंक १ अर्ब ४९ करोड, एनएमबी बैंक १ अर्ब ४५ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यस्तै, एभरेष्ट बैंक्ले १ अर्ब ४० करोड, कुमारी १ अर्ब ३० करोड, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब २५ करोड, नेपाल बैंक १ अर्ब २१ करोड र सानिमा बैंक १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ ।

मंसिरसम्म ६ बैंकको नाफा भने १ अर्ब रुपैयाँभन्दा कम छ । जसमा सानिमा ८९ करोड, माछापुच्छ्रे ७६ करोड, सिटिजन्स ७४ करोड, नेपाल एसबीआइ ७० करोड, सिद्धार्थ ६२ करोड र कृषि विकास बैंकले सबैभन्दा कम १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here