सिन्धु विकास बैंकका लगानीकर्तालाई खाली हात, लाभांश वितरण नगर्ने

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

कम्पनीको पुस २९ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । यस बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट भने १२ दशमलव ०९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here