निफ्राका सीईओ खतिवडाले दिए राजीनामा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

२०७७ माघमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका खतिवडाले कार्यकाल १ वर्ष बाँकी रहँदै राजीनामा दिएका हुन् ।

पुस २९ गते बसेको बैंक संचालक समितिको बैठकले १ माघदेखि लागू हुनेगरी खतिवडाको राजीनामा स्वीकृत गरेको छ ।

यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here