उच्च अंकले बढ्यो नेप्से, कारोबार दुई वर्षयताकै उच्च

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको हो ।

यसदिन ३०४ कम्पनीको ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार दुई वर्षयताकै उच्च भएको छ । बैंकको ब्याजदर घटेको प्रभावस्वरुप नेप्सेले हाफ सेन्चुरी हान्दा नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो। त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here