ईपीएस कोरिया भाषा परीक्षाको मिति सर्‍यो

काठमाडौं । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परिक्षाको कार्यतालिका सरेको हो ।

हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो ।

अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परिक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको विभागले जनाएको छ । गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here