दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि, भाडा नबढ्ने

फाइलफोटो

काठमाडौं २६ भदौ । यो वर्ष दशैँका लागि यात्रुबाहक वसको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि सुरु हुने भएको छ ।

बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको वार्तामा आउँदो असोज ५ देखि अग्रिम टिकट बुकिङ्ग खुलाउने सहमति भएको हो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार वार्तामा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । यातायात व्यवसायीहरुले लामो समयदेखि भाडा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

त्यस्तै, व्यवसायीले देशैभरिको सडकको अवस्था नाजुक भएको भन्दै तत्काल सडक मर्मत गर्नपनि माग गरेका छन् ।

यस्तै व्यवसायीले यस पटकको दशैँमा नयाँ गाडी नथप्ने पनि महासचिव सिटौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here