मिर्मिरे लघुवित्तको नाफामा उच्च गिरावट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४१.५८ प्रतिशतले घटेको छ । मिर्मिरे चालु वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी समेत बनेको छ ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ३ करोड ४० लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ४१ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ५ करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा घट्दा र खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेर १७ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ४१.४८ प्रतिशतले घटेर ४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले कुल ७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन तथा लिई कुल ८ अर्ब २६ करोड ऋण लगानी गरेको छ ।

हाल ६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ६ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७.७९ रुपैयाँबाट घटेर १९.२२ रुपैयाँमा झरेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६४.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६१.०६ गुणा र खराब कर्जा ४.५१ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here