एकैदिन प्रतितोला १२ सय घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ हजार २०० रुपैयाँ घटेर एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here