एप्पल विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, सामसुङ दोस्रोमा

काठमाडौं । विश्व स्मार्टफोनको बजार हिस्सामा एप्पलले सामसुङलाई पछि पार्दै पुनः नम्बर वान ब्राण्ड बनेको छ । विश्व स्मार्टफोन बजारमा एक दशकपछि पहिलोपटक एप्पल सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको रुपमा पुनरागमन गर्न सफल भएको हो ।

विश्व स्मार्टफोन बजारमा एप्पलको हिस्सा २०.१ प्रतिशत रहेको छ । इन्टरनेश्नल डेटा कर्पोरेसनका अनुसार गत वर्ष (सन् २०२३)मा एप्पलले २३ करोड ४० लाख बढी फोन बिक्री गरेको थियो। विक्रीमा एप्पल सबैभन्दा अगाडि आएको यो सन् २०१० यता पहिलो पटक हो ।

सन् २०२३ मा विश्व बजारमा स्मार्टफोन विक्री भने घटेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा विक्री ३ दशमलव ३ प्रतिशतले घटेको थियो ।

यो वर्ष बजारमा सुधार आउने आशा गरिएको छ । विक्री हिस्साका आधारमा तेस्रो स्थानमा चिनियाँ कम्पनी साओमी छ । चौथोमा ओप्पो र पाँचौँ स्थानमा ट्रान्शन होल्डिङ्स छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here