सोनापुर मिनिरल्सले लाभांश नदिने

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयलले संचित नाफाबाट नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।

कम्पनी संचालक समितिको माघ ३ गते बसेको बैठकले लाभांश बिनै माघ २६ गते १६ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै एजेन्डा राखेको छैन । कम्पनीले सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा लैजाने भएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुकक्लोज तोकेको छ । सो अनुसार माघ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here