पेटेन्ट विवाद प्रभाव एप्पलको स्मार्टवाचमा पनि, रोकियो बिक्री

काठमाडौं । एप्पललाई फेरि एक पटक अमेरिकामा स्मार्टवाचका दुई मोडल बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै यता पेटेन्ट विवादलाई लिएर कानुनी लडाइँ जारी छ ।

टेक जायन्ट एप्पल कारबाहीमा परिहदा पनि पहिले आफ्नो सिरिज ९ र अल्ट्रा २ घडीहरू बिक्री गर्न अनुमति दिएको थियो । तर अमेरिकी अपील अदालतले उक्त निर्णयलाई उल्ट्याएको छ।

घडीको आयात पनि प्रभावित भएको छ । बिहीबार एप्पलले विवादित ब्लड अक्सिजन फिचर बिनाका घडीहरु सार्वजनिक गर्ने बताएको थियो । एप्पल र मेडिकल टेक्नोलोजी कम्पनी मासिमोबीचको विवादमा यो पछिल्लो मोड हो।

मासिमो र स्पिन अफ सेर्काकोरले आइफोन निर्माताले मुख्य कर्मचारीलाई चोरेको आरोप लागेको थियो । त्यस्तै रगतमा अक्सिजनको मात्रा नाप्न विकसित प्रविधि चोरी गर्न अन्य कदम चालेको आरोप लगाएका छन् ।

गत अक्टोबरमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले एप्पलले केही प्याटेन्ट अधिकारको उल्लङ्घन गरेको र केही आयात र बिक्रीमा रोक लगाउने आदेश जारी गरेको बताएको थियो । यो डिसेम्बरको अन्त्यमा लागू हुने तय भएको थियो तर अपील जारी रहँदा यसलाई रोकिएको थियो।

सिरिज ९ र अल्ट्रा २ सहित एप्पलका वाचका अधिकांश भर्सनमा सन् २०२० देखि यो फिचर समावेश गरिएको छ । प्रभावित घडीहरू बिहीबार बाट आयात गर्न सकिँदैन।

मासिमोका संस्थापक तथा प्रमुख कार्यकारी जो कियानीले भने, ‘यो फैसलाले सबैभन्दा ठूलो र शक्तिशाली कम्पनीले पनि अमेरिकी आविष्कारकहरूको बौद्धिक अधिकारको सम्मान गर्नुपर्छ र अरूको पेटेन्ट उल्लङ्घन गर्दा हुने परिणामहरूको सामना गर्नुपर्छ भन्ने देखाएको छ।

एप्पलले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले केही प्याटेन्ट अधिकारको उल्लङ्घन गरेको भन्ने धारणासँग कडा असहमति जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here