झिनो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा पुगेको हो ।

यसदिन २९८ कम्पनीको ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८६ रुपैयाँ बराबरको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३ वटा कम्पनीको बढेको छ भने अन्य सबै ओरालो लागेको छ ।

चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ८४ करोड रुपैयाँको ३० लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ । यो नेपाली शेयर बजार इतिहासमा कुनै पनि कम्पनीको एकैदिनमा भएको सर्वाधिक कारोबार हो ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here