‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा निसन्तान दम्पतीको कथा उजागर गरिएको छ । सन्तान नभएपछि दोस्रो विवाह गर्न दबाब दिने श्रीमती र त्यसका लागि सहमत नहुने श्रीमानको कथा टिजरमा समेटिएको छ । विस्तारै परिवर्तन हुँदै गएको श्रीमानको मन पनि टिजरले देखाउन खोजेको छ ।

हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको सिनेमाको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।माओत्से गुरुङको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, दीया पुन, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘दयारानी’ माघ २६ गते रिलिज हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here