टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात पेस गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मगाएको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र झिकाउने निर्णय गरेको हो। कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ।

समितिले बिहीबार सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडीएमएस खरिदका विषयमा छलफल गरेको थियो। उक्त प्रकरणमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, गोकुल बाँस्कोटा, ज्ञानेन्द्रबहादुर कार्की सहितको नाम जोडिएर विवाद भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here