ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द

काठमाडौं । आज ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुँदैछ ।

चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here