बिपी प्रतिष्ठानमा मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।
उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्न अदालतले आदेश दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

आदेशमा अस्पतालमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवम् नागरिकहरूको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू गराउनू उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here