खुलामञ्चलाई खुल्लै राख्न बाबुराम भट्टराई र रवि लामिछाने एकै ठाउँ

काठमाडौं । काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध प्रदर्शन भएको छ। ‘अकुपाइ टुँडिखेल’ले खुलामञ्चलाई खुलै रहनदिन खुलामञ्चमा प्रदर्शन गरेको हो। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछानेलगायतले प्लेकार्ड प्रदर्शन गर्दै खुला मञ्चमा उभिएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ।’ नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन् ।

साथै जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here