युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ ५ गते बसेको बैठकले सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद गरी कुल १०.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here