हिमालयन रि-इन्स्योरेन्सले अब भारतमा पनि व्यवसाय गर्न पाउने

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलटरी एण्ड डेभलपमेन्ट अथोरेटी अफ इन्डिया (आइआरडीएआइ)ले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने बाटो खुलेको हो ।

हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आइआरडीएआइले यसै साता स्वीकृति दिएके हो । ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हिमालयन रिइन्स्योरेन्सले भारतमा स्वीकृति पाएसँगै पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले गत महिना मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर (आइपीओ) निष्कासन गरेको थियो । पुस २३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनी ८ कारोबार दिनमै नेप्सेमा सूचीकृतमध्ये सातौं ठूलो कम्पनी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here