नबिल बैंकको खुद नाफा ३ अर्ब २० करोड, प्रतिशेयर आम्दानी २३.६८ रुपैयाँ

काठमाडौं । नबिल बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ६.२८ प्रतिशतले घटेकोे हो ।

बैंकले पुस मसान्तसम्म ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २१ करोड रुपैयाँ कम हो । बैंकले गत वर्ष सोही अवधिमा ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड रुपैयाँ पुगेका छ । बैंकको सञ्चालन नाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ८.०६ प्रतिशत र कर्जा लगानी ९.५९ प्रतिशतले बढेको हो ।

हाल २७ अर्ब ०५ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रुपैयाँ र जगेडा कोषमा २७ अर्ब १६ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८ करोड रुपैयाँ छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँबाट घटेर २३.६८ रुपैयाँमा झरेको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवथ २०४.४४ रुपैयाँ, बेसरेट ९.०७ प्रतिशत, सीडी रेसियो ८४.९५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने ०.२६ प्रतिशत विन्दुले घटेको छ । गत वर्ष १.४६ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष १.२ प्रतिशतमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here