दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा पुगेको हो ।

यसदिन ३०८कम्पनीको ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ बराबरको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये २ वटा कम्पनीको बढेको छ भने अन्य सबै ओरालो लागेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५६ करोड ७९ लाखरुपैयाँको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आँखुखोला जलविद्युत्, समाज लघुवित्त र हिमालयन लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here