काठमाडौंको शोभा भगवतीमा भेटियो तीन महिनादेखि कोठाभित्र थुनिएको शव, एक पक्राउ

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा बन्द कोठाभित्र ३ महिनादेखि थुनिएको शव रहेको फेला परेको छ ।

दुई तले घरको एक बन्द कोठाभित्र गत शुक्रबार कम्तिमा ३ महिना अघिदेखि शव फेला परेको प्रहरीले जनाएको छ । शव तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको रहेको पाइएको छ ।

मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ। भारतको मोतिहारी घर भई काठमाडौंको कालिमाटीमा बस्दै आएका ४३ वर्षीय इकराउल हक अन्सारी र मियाँ ‘लिभिङ टुगेदर’मा थिए। अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here