सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई स्रोत नखुलेको सम्पत्ति कमाएको भन्दै परेको मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसँगै उनकी पत्नी र दुई छोरीविरुद्ध अवैध रुपमा सम्पत्ति कमाएको भन्दै मुद्दा दायर भएको थियो । तामाङ विरुद्ध ३ अर्ब ३१ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा तामाङसहित उनकी पत्नी सिर्जना शाक्य तामाङ दोषी ठहर भएका छन् । दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् ।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here