‘मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले आफूलाई ग्लोबल आईएमई बैंकले नै सञ्चार माध्यममा दाबी गरिएको एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएका हुन् । ‘बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ,’ लामिछानेले पत्रकार सम्मेलनमा भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here