खाद्य विभागले भन्यो ‘कटन क्याण्डीमा अखाद्य रंग प्रयोग भेटियो, बिक्री वितरण नगर्नू’

काठमाडौं । बजार बिक्री भइरहेका कटन क्याण्डी (हावा मिठाई) मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रंग प्रयोग गरेको पाइएको छ।

एक सूचना जारी गर्दै विभागले रंगीन कटन क्याण्डीमा अखाद्य रंग रोडामाइन वी को प्रयोग गरिएको र प्रयोगशालामा जाँच गर्दा देखिन आएकाले यस कम्पनीको लेबल लगाइएको बाहेक खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डी नखान अनुरोध गरेको हो ।

‘यस्ता रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन र बिक्री वितरण नगर्न पनि सबैमा सूचित गरिन्छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ । यस सूचनाको खिलाफ गरी उत्पादन र बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here