घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता शेयर लिलामी खुल्यो

काठमाडौं । घलेम्दी हाइड्रोपावरले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १ करोड १० लाख कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित ३२ लाख १७ हजार ७२४ कित्ता शेयर आजदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामी शेयरमा माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी शेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here