काठमाडौं । अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड घरमा सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री सूर्योदय योजनाको नाम राखेर एक करोड घरमा सोलार प्यानल जडान गर्ने घोषणा गरेका हुन् । अयोध्यामा अभिषेकको शुभ अवसरमा आफ्नो संकल्पलाई अझ बलियो बनाएको बताउँदै भारतीय जनताका घरको छतमा आफ्नै सौर्य रूफ टप सिस्टम हुनुपर्ने बताए ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले अयोध्याबाट फर्केपछि सरकारको पहिलो निर्णय प्रधानमन्त्री सूर्योदय योजना सुरु गर्ने रहेको उल्लेख गरे ।