नेप्सेमा लगातार गिरावट, चन्द्रागिरिको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि झिनोअंकले घटेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा पुगेको हो ।

यसदिन ३१० कम्पनीको ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ६ वटा कम्पनीको बढेको छ भने अन्य सबै ओरालो लागेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५५ करोड रुपैयाँ बढीको किनबेच भएको छ । घटेको बजारमा आज चन्द्रागिरि हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले कबि १० प्रतिशत कमाएका छन् ।

कम्पनीको मूल्यमा एकै दिन प्रतिकित्ता १५३.१ रुपैयाँ अर्थात् १९ प्रतिशत उतारचढाव देखिएको छ । विशेषतः संस्थापक समूह र प्रभावित स्थानीयले पाएको यस कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिएसँगै मंगलबारदेखि कारोबार फुकुवा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here