भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो, सेटिङ र ठगी बढेपछि पुरानो कार्यविधि खारेज (पूर्णपाठ)

काठमाडौं । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो ।

यसअघिको १७ बुँदे कार्यविधि अव्यवहारिक भएको चौतर्फी आलोचनापछि गृहसचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ कार्यविधि जारी गरेका हुन् ।

अध्यागमन विभागले सूचना जारी गरि भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न समेत भनेको छ ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ,भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको छ छ । यस अघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय नेपाल सरकार (मा.उपप्रधान तथा गृहमन्त्रीस्तर)बाट खारेज भई नयाँ ६ बुँदे कार्यविधि जारी भएको छ । यसर्थ घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नु अघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नु हुन अनुरोध छ ।’

यस्तो छ नयाँ कार्यविधि

यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । यसअघिको कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै गृहमन्त्रालयले नयाँ कार्यविधि बनाएर जारी गरेको हो ।

भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here