मधेश सरकारबाट बाहिरियो जनमत पार्टी

काठमाडौं । सत्तारुढ गठबन्धनमा फेरि विवाद देखिएको छ । सांसद डा. सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता सरोज यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय जनमत पार्टीले गरेको छ ।

जनमत पार्टीको संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएकोप्रति जनमत पार्टी असन्तुष्ट थियो । कार्यक्रममा जनमतले अवरोध गर्न खोज्दा झडप समेत भएको थियो । झडपमा मधेश प्रदेशका शिक्षामन्त्रीसहित जनमतका नेता र सांसद घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here