‘राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले राप्रपाले फागुनबाट राजसंस्था पुनस्थापनाको लागि आन्दोलन घोषणा गरेको भन्दै एमालेलाई राजनीतिक प्रश्न रहिरहने बताए ।

एमालेले राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो भन्ने उनको प्रश्न थियो। ‘नैतिक कसीमा नेकपा एमाले पटक-पटक चुकेको छ, फेरि चुक्यो थापाले भने ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here