काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन

काठमाडौं । काठमाडौंसहित अधिकांश जिल्लामा केही दिनयता जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।

सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here