नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्ज एनएक्सटी’को थालनी गरेको छ ।

एफ वान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ ।

ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुङा सावित हुन सक्छ ।

परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्ज एनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।

फोन एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्ज एनएक्सटी ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरू पूरा गर्ने उनको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here