विमानस्थलमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको कुटपिटको छानबिनका लागि सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरको हो।

विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। साथै यस सम्बन्धमा आवश्यक छानविन गरी ३ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न समिति गठन गरिएको छ जानकारी दिएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here