धरहराकाे पार्किङ भवनमा निःशुल्क पार्किङकाे व्यवस्था

काठमाडौं । न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा पार्किङ सेवा उपलब्ध गराउने भएको छ। महानगरले चालकहरूको सहजताका लागि त्यहाँ पार्किङस्थल उपलब्ध गराउने भएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क सेवा उपलब्ध गराएको महानगरले अब धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको बताए ।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

संरचनागत रूपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here