सेनाले गर्‍यो ६५ विस्फोटक पदार्थ निष्क्रिय

काठमाडौं । नेपाली सेनाले ६५ विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरस्थित हेलिप्याडनजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतको द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने सेनाको अनुमान छ । संखुवासभा जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here