काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम, जाडो अझै बढ्ने

काठमाडौं । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्।

काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । आइतबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । हिजो (शनिबार) यही समयमा २.५ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here