चिनियाँ सरकारको आइफोन प्रतिबन्धपछि एप्पलको शेयर मूल्यमा गिरावट

काठमाडौं । चिनियाँ सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएपछि एप्पलको शेयर लगातार दोस्रो दिन ओरालो लागेको छ ।

पछिल्लो दुई दिनमा कम्पनीको शेयर बजार मूल्यांकन ६ प्रतिशतभन्दा बढी अर्थात् करिब २ ०० अर्ब डलर १ ले घटेको छ ।

चीन टेक्नोलोजी जायन्टको तेस्रो सबैभन्दा ठूलो बजार हो । जसले गत वर्ष यसको कुल राजस्वको १८ प्रतिशत हिस्सा ओगटेको थियो।

एप्पलका अधिकांश उत्पादनहरु यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनद्वारा निर्मित छन्।

वाल स्ट्रिट जर्नल डब्लूएसजे का अनुसार बेइजिङले केन्द्रीय सरकारी निकायका अधिकारीहरूलाई आइफोन कार्यालयमा नल्याउन वा कामका लागि प्रयोग नगर्न आदेश दिएको छ ।

त्यसको अर्को दिन ब्लुमबर्ग न्युजले सरकारी स्वामित्वका कम्पनी र सरकार समर्थित एजेन्सीका कामदारमाथि पनि प्रतिबन्ध लगाउन सकिने जनाएको थियो । स्रोतका अनुसार आइफोन प्रयोग नगर्न निर्देशन अधिकारीहरूलाई हालैका हप्ताहरूमा उनीहरूका वरिष्ठ अधिकारीहरूले दिएका थिए। अन्य विदेशी ब्रान्डेड डिभाइसमा पनि प्रतिबन्ध लगाइएको छ ।

केही एजेन्सीमा आइफोनमाथि यसअघि नै प्रतिबन्ध लगाइएको थियो, तर यसको स्रोतका अनुसार अब यसलाई फराकिलो बनाइएको छ ।

ती निर्देशनहरू चिनियाँ अधिकारीहरूमार्फत कति व्यापक रूपमा प्रसारित भए भन्ने कुरा स्पष्ट पारिएको छैन। सेप्टेम्बर १२ मा आईफोन १५ लन्च हुनुअघि नै यो रिपोर्ट आएको हो ।

चिनियाँ सोसल मिडियामा सरकारी स्वामित्वमा रहेका कम्पनीमा काम गर्ने केही व्यक्तिले सेप्टेम्बरको अन्त्यसम्ममा एप्पलका डिभाइसहरु प्रयोग नगर्न भनिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here