दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा जागिर खुल्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणको अध्यक्ष पदमा आवेदनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने छ । त्यस्तै ३० वर्ष उमेर पूरा भएको तथा ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजनासहित आवेदन दिन माग गरिएको छ । तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद रिक्त छ।

खनालको राजिनामा पश्चात प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्ष तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here