युरोकप: पोर्चुगल अन्तिम १६ मा

जर्मनीमा जारी युरोकप फुटबलमा गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको छ ।

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने

यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्। ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ।

दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सकेको थियो ।

दीपेन्द्रसिंह ऐरीलाई गल्फ जायन्ट्समा निरन्तरता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको आईएल टी-२० लिग खेल्ने भएका छन् । यूएईमा आगामी जनवरी ११ देखि फेब्रुअरी ९...

जेठ महिनामा मात्र ७ अर्ब ९० करोड रुपैयाँको इभी आयात

भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए पनि आयात बढेको हो ।

कमिन्स जारी विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी

उनी जारी टी-२० विश्वकप २०२४ मा ह्याट्रिक विकेट लिने पहिलो बनेका छन् भने अहिलेसम्म खेलिएका विश्वकपमा ह्याट्रिक लिने सातौं बलरसमेत बने । यसबाहेक उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने चौथो अष्ट्रेलियाली बलर पनि बनेका छन् ।

सुनको मूल्य एकैदिन १९ सय बढ्यो

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ९०० रुपैयाँ बढेर कारोबार भएको छ ।

कोपा अमेरिका :साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात

साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। शुक्रबारबाट सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा अर्जेनिटनाले क्यानडामाथि २–० को सहज जित हासिल गरेको हो।

डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित

युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ। बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १-० गोल अन्तरले पराजित भएको हो।