क्यानडा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अन्तिम–१६ मा प्रवेश गरेको हो ।

दोस्रो हाफको इन्जुरी समयमा क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरेका हुन् । क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइलनमा पुगेकाे हाे।

प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।