सभामुख अर्याल छठ मनाउन पर्सा जाने

२७ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा प्रस्थान गर्ने भएका छन् । सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुनेछन् । त्यस क्रममा उनले मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्ने कार्यक्रम छ ।

सभामुख अर्याल गत वर्ष पनि छठ महापर्वको अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए ।

त्यस अवसरमा उनले छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए । श्रद्धालु भक्तजन तथा स्थानीय नागरिकसँग पर्वको खुसी साटासाट गरेका थिए । छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउँदै आएको छ।