मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव, अब कति पुग्यो ?

मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए ।

काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण धमाधम

इलामको माइखोला बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् ।

काठमाडौं–फर्पिङ–हेटौंडा सडक तीन दिनका लागि बन्द

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ।

बाढी-पहिरोको क्षतिमा १७ करोडको भुक्तानी, बिमा दाबी झण्डै ९ अर्ब

असोज दोस्रो साताको वर्षाले पु¥याएको क्षतिमध्ये असोज २९ गतेसम्म करिब ८ अर्ब ९८ करोड ३० लाखको बिमा दाबी परेकोमा सवा १७ करोड बराबर भुक्तानी भएको छ । एक हजार ३ सय दुई सय ४४ दाबी संख्याबाट त्यति रकम मागदाबी तथा भुक्तानी गरिएको गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली

दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?

१२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।

नेपालमा कार्यरत भारतीय नागरिकले डलर खाता खोल्न पाउने सुविधा

अब नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको अमेरिकी डलरमा बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गरेर उक्त व्यवस्था गरेको हो ।

व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्‍याइएको छ ।

नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले अमेरिका, यूरोप र जापान जाने सरह डलर...

स्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । अन्य देश रोजगारीमा जानेले भने २ सय डलसम्म मात्रै उक्त सुविधा पाउँदै आएका छन् । अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम ७ बाट...

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम तीन लाखले बढेको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याएको हो ।