‘ग्लोबल मनी विक’, सानै उमेरदेखि नै बचतको अभ्यास गर्न गभर्नरको आग्रह
उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।
१८ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल
नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।
गभर्नरको सुझाव : जलवायु परिवर्तनलाई ख्याल राखी लगानी गर्नुहोस
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले आफू र नेपाल राष्ट्र बैंकका पदाधिकारीबीच प्रतिस्पर्धा नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताएका हुन् ।
लघुवित्तका समस्या समाधान गर्न सरकारले बनायो कार्यदल
अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।
भारतबाहेकका पर्यटकले अब नेपालमा ‘क्यूआर’बाटै भुक्तानी गर्न पाउने
भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो ।
नबिल बैंकले ५ अर्बको ‘अग्राधिकार शेयर’ जारी गर्ने, डिवेञ्चरको पनि प्रस्ताव
नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा
सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ ।
बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । अध्यक्ष सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ सोही क्षेत्रमा काम गर्नुपर्ने पनि जनाएका छन् ।
उधारो बीमा नगर्न प्राधिकरणको निर्देशन, अटेर गरे कारवाही
कम्पनीहरुमा निर्देशन पालना र सुशासन कायम नगर्ने प्रवृति देखिएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले कैफियत देखिएका कम्पनीहरुलाई कारवाही गरिने बताएका हुन ।