बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पुनः पदमा फर्कन नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनः पदमा फर्कन नपाउने भएका छन् । उनलाई पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको संयुक्त इजलासले अन्तरिम आदेश दिनुपर्ने ओझाको माग अस्वीकार गर्दै सोमबार आदेश दिएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले असार ३० गते तीन सदस्यीय छानबिन समिति गठन गरेपछि ओझा स्वतः निलम्बनमा परेका थिए । उक्त निर्णयविरुद्ध ओझाले सर्वोच्च अदालतमा रिट दायर गर्दै सरकारले गठन गरेको छानबिन समिति गैरकानुनी भएको जिकीर गर्दै खारेजीको माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here