लघुवित्तको सेवाप्रति गुनासो भए उजुरी गर्न आग्रह, नियम विपरित काम गर्नेलाई कारबाही गर्ने
लघुवित्तबाट ऋण लिएकाहरू आफू ’पीडित’ भएको बताउँदै आन्दोलनमा होमिएका बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । बैंकले एक टोल फ्रि नंबर प्रकाशित गर्दै सोमा उजुरी गर्न आग्रह गरेको छ।
पेन्सन कोषमा रहेको ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्नेछ ।
राष्ट्र बैंकले भन्यो-‘कृषि कर्जामा सडकले नछोएको जग्गा धितोमा पनि २० लाखसम्म दिनू’
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा बैंक तथा वित्तीय संस्थाहरूलाई सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्न आग्रह गरेको छ ।
मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष
उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।
बैंकिङ कसुर ऐन संशोधन गर्ने राष्ट्र बैंकको तयारी
बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ ।
यस्ता छन् मौद्रिक नीतिमा ल्याइएको महत्त्वपूर्ण व्यवस्था
आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाई नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्नेलगायत व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राखिएका छन् ।
विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, 'सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व सङ्कलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ ।'
मौद्रिक नीति: निक्षेप संकलनको बोलकबोल र नीतिगत दर घट्यो, बैंकदर यथावत
नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ ।
मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्णपाठ
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बसेको राष्ट्र बैंक संचालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरेको हो ।
सञ्चालक समितिले पारित गर्यो मौद्रिक नीति, ३ बजे पत्रकार सम्मेलन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
अधिकारीले मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । दरवारमार्गस्थित होटल याक एण्ड...